Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

रेडियो कार्यक्रम पुनर्ताजगी तालिम

आइतवार, जनवरी 3rd, 2021

International Work Group for Indigenous Affairs-IWGIA को सहयोगमा र विभिन्न एफएम रेडियो स्टेसनहरुको साझेदारीमा नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमले जलवायु परिवर्तन, रेडप्लस र आदिवासी जनजाति सम्वन्धी रेडियो कार्यक्रम प्रसारण गर्दै आएको छ । देशभरमा २० रेडियो स्टेसनहरुले कार्यक्रम प्रसारण गर्दछन् । कार्यक्रमको मुख्य उद्देश्य जलवायु परिवर्तन, रेडप्लस र आदिवासी जनजाति सम्वन्धी मुद्दाहरुलाई समुदाय स्तरसम्म जानकारी गराउनु रहेको छ । साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रेडप्लस प्रक्रिया सम्वन्धी सुचना सम्प्रेषण गराउनु रहेको छ । रेडियो कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले अप्रिल ११ देखि १२, २०१२ चितवनमा नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा सम्पन्न भएको उक्त तालिममा डडेल्धुरा, कञ्चनपुर, बर्दिया, बाँके, रुकुम, रुपन्देही, लमजुङ, गोरखा, चितवन, काठमाडौं, दोलखा, सिन्धुली, सोलुखुम्बु, उदयपुर, सिराहा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामका २० रेडियो स्टेसनहरुवाट २८ जना (१७ पुरुष र ११ महिला सहित) सहभागी थिए । तालिममा जलवायु परिवर्तन र रेडप्लस, रेडप्लसका सुरक्षा रणनीति सम्वन्धि राष्ट्रिय र अन्र्तराष्ट्रिय जानकारीहरु र आदिवासी जनजाति सम्वन्धि समसामयिक मुद्दाहरु आदिका वारेमा प्रस्तुतीकरणहरु गरिएको थियो ।