हामी को हौं
हामी आदिवासी जनजातिहरुका सवाल र अधिकार सम्वन्धी तालिम, कार्याशाला गोष्ठी र संवाद संचालन गर्दछौं ।
Nepal Federation of Indigenous Nationalities (NEFIN) is the one and only umbrella organisation of all the indigenous peoples of Nepal. It was established in 1991. The key objective of NEFIN is to advocate and safeguard the rights of indigenous peoples. NEFIN has national and international chapters namely Province Coordination Councils (PCCs) in all 7 provinces, District Coordination Councils (DCCs) in more than 71 districts, more than 3,000 Village Coordinating Councils (VCCs), 13 affiliated federations of indigenous journalists, indigenous youth, students, film maker, lawyer etc., and abroad-chapters in more than 22 countries.
नेपाल आदिवासी जनजाति महासंघले सन् २००९ मा “नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रम” को प्रारम्भ गरयो । यो कार्यक्रम आदिवासी जनजातिहरुको अधिकार, वकालत, सूचना सम्प्रेषण, जलवायु परिवर्तनमा आदिवासी महिला र युवा सहित आदिवासी जनजातिको सचेतना अभिवृद्धि र क्षमता विकास, प्राकृतिक श्रोत व्यवस्थापन र विकास कार्यमा आदिवासी जनजातिको अधिकारमा केन्द्रित छ ।
यस कार्यक्रमले International Work Group for Indigenous Affairs (IWGIA), Asia Indigenous Peoples Pact (AIPP), र Indigenous Peoples' International Center for Policy Research and Education (TEBTEBBA) सँगको साझेदारीमा जलवायु परिवर्तन र आदिवासी जनजातिको अधिकार सम्वन्धी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यस कार्यक्रमले आदिवासी जनजातिको अधिकारको संरक्षणका लागि जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघिय खाका महासन्धि (United Nation Framework Convention on Climate Change-UNFCCC), हरित जलवायु कोष (Green Climate Fund-GCF) लगायतका विभिन्न संयन्त्र अन्तर्गत आदिवासी जनजातिको हक, हित र अधिकारको पैरवी गर्दछ ।
हाम्रो लक्ष्य