Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

सामुदायिक रेडियो निर्माताको लागि जलवायु परिवर्तन, रेड र आदिवासी जनजाति सम्वन्धी पुनर्ताजगी तालिम

शुक्रवार, अक्टोबर 8th, 2021

सामुदायिक रेडियो निर्माताहरुको लागि ‘जलवायु परिवर्तन, रेड र आदिवासी जनजाति’ विषयक दुई दिने पुनर्ताजगी तालिम अगष्ट ७ र ८, २०१२ होटल चौतारी, नगरकोटमा सम्पन्न भयो । तालिममा आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिबृद्धि गरी उनीहरुलाई जलवायु परिवर्तन र रेडप्लस सम्वन्धी जानकारी प्रदान गर्न, रेडप्लस सुरक्षा मापदण्ड, आदिवासी जनजातिको अधिकार सम्वन्धी जानकारी गराउने, आदिवासी अगुवाहरुलाई जिल्ला र स्थानीय स्तरमा तालिमका लागि प्रोत्साहित गर्ने, जलवायु परिवर्तन साझेदारी कार्यक्रमका गतिविधीबारे आदिवासी पत्रकारहरुलाई सूसुचित र अद्यावधिक गर्ने तालिमको मुख्य उद्देश्य रहेको थियो । उक्त तालिममा १७ वटा सामुदायिक रेडियोहरुको प्रतिनिधीत्व गर्दै ३८ सामुदायिक रेडियो कार्यक्रमका निर्माताहरुले तालिममा भाग लिएका थिए । सामुहिक अभ्यास, प्रश्न र उत्तर, विभिन्न डकुमेन्ट्रीहरु मार्फत र अन्र्तक्रियात्मक विधीबाट तालिम सम्पन्न गरिएको थियो ।
जलवायु परिवर्तन र रेडप्लस, सम्वन्धित रेडियो कार्यक्रमहरु रचना गर्ने तरिकाहरु, आदिवासी जनजातिका मुद्दाहरु, आर प्याकेज (R-Package), Forest Carbon Trust Fund/FCPF, रेडप्लस सम्वन्धी सुरक्षा मापदण्ड (REDD Safeguard), रेड प्रक्रियाको राष्ट्रिय र अन्तर्राष्ट्रिय जानकारी, स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरी प्रक्रिया (FPIC Process) विषयहरुमा प्रस्तुतीकरण गरिएको थियो ।