Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

समुदायमा आधारित कार्बन मापन र मौज्दात सम्वन्धि तालिम

सोमवार, अगस्ट 2nd, 2021

नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमले अप्रिल १४ देखि १९, २०१२ सम्म ‘समुदायमा आधारित कार्बन मापन र मौज्दात’ सम्वन्धी ६ दिनको तालिम लमजुङ, भाँजाखेत गाविस वडा नं. १ खासुर गाउँमा आयोजना ग¥यो । जुन नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको नमुना क्षेत्र हो ।

कार्बन ब्यापार विल्कुलै नयाँ अवधारणा भएकोले आदिवासी जनजातिहरुलाई जलवायु परिवर्तन र रेडप्लसको बारेमा अपर्याप्त ज्ञान छ । त्यसैले जलवायु परिवर्तन, रेडप्लस आदिवासी जनजातिहरुका लागि समुदायमा आधारित कार्बन मापन र मौज्दात सम्वन्धी क्षमता विकासको आवश्यक्ता छ । विभिन्न जिल्लाबाट सहभागी भएका आदिवासी अगुवाहरुलाई जलवायु परिवर्तन र रेडप्लसबारे क्षमता बिकास गर्नु, वन कार्बन लेखा जोखामा ज्ञान दिलाउनु, आदिवासी अधिकारको संरक्षण र भविष्यमा उनीहरुलाई स्थानीय स्रोत ब्यक्तिको रुपमा परिचालन गर्ने तालिमको मुख्य उद्देश्य रहेको थियो । तालिममा जातिय संगठन, जनजाति महासंघका सम्वन्धन संस्थाहरु, जिल्ला समन्वय परिषदका २१ जिल्लावाट प्रतिनिधीहरु गरी जम्मा २९ जनाको सहभागीता रहेको थियो । सहभागी चयन प्रक्रिया, प्रस्तुतीकरण, समुह अभ्यास, फिल्डमा व्यवहारिक अभ्यास, प्रश्न उत्तर र छलफलहरु, जीपीएस ९न्एक्० कम्पास, क्लिनो मिटर ९ऋष्लिय mष्तभच० आदिको प्रयोगबाट तालिम सम्पन्न गरिएको थियो ।

जलवायु परिवर्तन र रेडप्लस, कम्पासको परिचय, यसको प्रयोग, ग्राफमा नक्सा बनाउने विधी, स्केलको प्रयोग, जीपीएस ९न्एक्० र जीएमआएस ९न्ःक्ष्क्० को सपmट्वेएरमा प्रयोग, दिगो वन व्यवस्थापन प्रणाली र जैविक विविधता आदि सम्वन्धमा प्रस्तुतीकरण गरिएको थियो । अन्त्यमा, विभिन्न वक्ताहरुले आदिवासी जनजातिहरुको अधिकारको वकालत गर्न र रेड प्रक्रियाको सफल कार्यान्वयनका लागि छलफल भैरहेको क्षेत्रमा युवाहरुलाई प्रत्यक्ष संलग्न गराउनु पर्नेमा जोड दिएका थिए ।