Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

हामी को हौं

हामी आदिवासी जनजातिहरुलाई सचेतना अभिबृद्धि र अनुभव आदानप्रदान कार्यक्रम र अन्तरक्रिया संचालन गर्छौ ।

नेपाल आदिवासी जनजाति महासंघ ५९ वटा आदिवासी जनजाति समुदायको छाता संगठन हो । २०४७ सालमा स्थापना भएदेखि महासंघले निरन्तर रुपमा आदिवासी जनजातिहरुको सामाजिक, आर्थिक, सांस्कृतिक तथा भाषिक अधिकार प्राप्तिका लागि लड्दै आइरहेको छ । महासंघमा ७२ वटा जिल्ला समन्वय परिषद, ७ वटा प्रदेश समन्वय परिषद, ३००० भन्दा बढी गाउँ समन्वय परिषद र १३ वटा भातृ संस्था र २५ वटा अन्तर्राष्ट्रिय स्तरका संस्थाहरु आवद्ध रहेका छन् ।

महासंघले जलवायु कार्यहरुमा आदिवासी जनजातिहरुको योगदानलाई मान्यता दिन र अनुकूलन गर्ने उद्देश्यले २००९ मा ‘‘नेफिन जलवायु परिवर्तन साझेदारी कार्यक्रम’’ शुरु गरेको हो । यस कार्यक्रमको मुख्य उद्देश्य, जलवायु परिवर्तनका कार्य, जैविक विविधता, प्राकृतिक स्रोत ब्यवस्थापनसम्वन्धी र अन्य तथाकथित विकास कार्यहरुमा आदिवासी महिला र युवाहरु लगायत आदिवासी जनजातिहरुका लागि वकालत, सूचना संम्प्रेषण, सचेतना अभिवृद्धि र क्षमता अभिवृद्धि जस्ता गतिविधीहरु संचालन गर्नु हो ।

नेफिन जलवायु परिवर्तन साझेदारी कार्यक्रमले, आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय कार्य समूह (IWGIA), एशियाली आदिवासी जनजातिहरुको मञ्च (AIPP) मा आदिवासी जनजातिहरुको अधिकारको संरक्षण, उनीहरुको प्रभावकारी सहभागिता र उचित लाभ सुनिश्चित गराउनका लागि काम गर्दै आईरहेको छ । महासंघले जिल्ला समन्वय परिषद, प्रदेश समन्वय परिषद, गाउँ समन्वय परिषद्, आवद्ध संघसंगठनहरुको सहकार्यमा राष्ट्रिय, क्षेत्रीय र स्थानीय तहमा कार्यक्रमहरु सञ्चालन गदै आइरहेको छ । नेफिन जलवायु परिवर्तन साझेदारी कार्यक्रमले आदिवासी जनजातिहरुको समुदाय, राष्ट्रिय र अन्र्तराष्ट्रिय संस्थाहरु र आदिवासी जनजातिहरुको लागि काम गर्ने संस्थाहरुसंग साझेदारीमा काम गर्दछ । यसले देशमा भएका नीति निर्माण प्रक्रियाहरुलाई अवलम्वन गर्दै संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्वन्धी खाका महासन्धि (युएनएफसिसि), जैविक विविधतासम्वन्धी महासन्धि (युएनसिबिडी), हरित जलवायु कोष (जिसिएफ) र आदिवासी जनजातिहरुको योगदान र संरक्षणको पहिचान र मान्यताका लागि संयुक्त राष्ट्रसंघको वार्ता र छलफललाई निरन्तरता दिएको छ । नेफिन जलवायु परिवर्तन कार्यक्रमले मानव र पृथ्वी ग्रहमा रहेका सवैको समग्र कल्याणका साथै सामाजिक र वातावरणिय अखण्डता कायम राख्न आदिवासी जनजातिहरुको फरक सन्दर्भ र योगदानहरुको वारेमा मानिसहरुलाई शिक्षित गर्ने प्रयास गर्दछ । 

हाम्रो लक्ष्य

आदिवासी जनजातिको अधिकार रक्षा, प्रर्बद्धन र संरक्षण गर्ने ।

हाम्रो उद्देश्यहरु
जलवायु परिवर्तन र जैविक विविधतासम्वन्धी कार्यका लागि प्रभावकारी रुपमा आदिवासी जनजाति संलग्नताबारे अभिबृद्धि गर्ने ।
Undertake advocacy for the recognition, respect and safeguarding of the knowledge systems, lifeways, rights and the contribution of Indigenous Peoples in climate action, biodiversity and in natural resource management
जलवायु कार्य, जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने ।
Revitalize Indigenous Peoples' heritage, economies and their relationships with nature
हाम्रो उद्देश्यहरु
जलवायु परिवर्तन र जैविक विविधतासम्वन्धी कार्यका लागि प्रभावकारी रुपमा आदिवासी जनजाति संलग्नताबारे अभिबृद्धि गर्ने ।
Undertake advocacy for the recognition, respect and safeguarding of the knowledge systems, lifeways, rights and the contribution of Indigenous Peoples in climate action, biodiversity and in natural resource management
जलवायु कार्य, जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने ।
Revitalize Indigenous Peoples' heritage, economies and their relationships with nature
हाम्रो समुह
banner-8

टुङ्गा भद्र राई

निर्देशक

banner-8

अशोक परियार

प्रशासन तथा बित्त प्रबन्धक

banner-8

छिरीङ वाङ्मो गुरुङ

परियोजना संयोजक

banner-8

भुटिला शेर्पा

Gender and Social Inclusion Officer

banner-8

संगिता लामा

सञ्चार आधिकृत

banner-8

माङगेनाहाङ आङदेम्बे

आर्थिक तथा लजिस्टिक सहायक

banner-8

राजेन्द्र राई

Field Coordinator

banner-8

Sabin Lungeli Magar

Finance Officer

banner-8

मीना गुरूङ्ग

सामुदायिक रेडियो मस्र्याङदी ९५ मेगाहर्ज, लमजुङ

banner-8

मोहन कुमार बिष्ट ‘‘आर्जु’’

अन्नपुर्ण एफएम ९३.४ मेगाहर्ज, कास्की

banner-8

शान्ति घर्ती मगर

इन्टर्न

banner-8

लक्ष्मी गुरुङ

सामाजिक परिचालक, घलेगाउँ

banner-8

हेमन्ता गुरुङ

सामाजिक परिचालक, भुजुङ

banner-8

दिल कुमारी गुरुङ

सामाजिक परिचालक, छोम्रोङ

banner-8

सनिता पुन

सामाजिक परिचालक, उल्लेरी

banner-8

शान्ता थकाली

सामाजिक परिचालक, स्याङ

banner-8

एलिना गुरुङ

सामाजिक परिचालक, ताल

banner-8

सञ्जोग थकाली

सामाजिक परिचालक, चिमाङ

banner-8

सञ्जय थकाली

सामाजिक परिचालक, ठिनी

banner-8

सिर्जना गुरुङ

सामाजिक परिचालक, थानचोक

banner-8

छेमी लामा गुरुङ

सामाजिक परिचालक, खाङसार

banner-8

Eka Raj Chaudhari

SM, Bardiay

हाम्रो साझेदारहरू
हाम्रो सहयोगी संस्थाहरु