हामी को हौं
हामी आदिवासी जनजातिहरुलाई सचेतना अभिबृद्धि र अनुभव आदानप्रदान कार्यक्रम र अन्तरक्रिया संचालन गर्छौ ।
Nepal Federation of Indigenous Nationalities (NEFIN) is the one and only umbrella organization of all the Indigenous Peoples of Nepal. It was established in 1991. Main objective of NEFIN is to safeguard Indigenous Peoples’ rights. It has national and international chapters namely Province Coordination Councils (PCCs) in all 7 provinces, District Coordination Councils (DCCs) in 72 districts, more than 3,000 Village Coordination Councils (VCCs),13 affiliated federations of Indigenous journalists, Indigenous youth, students, film maker, lawyer etc., and abroad-chapters in more than 25 countries.
महासंघले जलवायु कार्यहरुमा आदिवासी जनजातिहरुको योगदानलाई मान्यता दिन र अनुकूलन गर्ने उद्देश्यले २००९ मा ‘‘नेफिन जलवायु परिवर्तन साझेदारी कार्यक्रम’’ शुरु गरेको हो । यस कार्यक्रमको मुख्य उद्देश्य, जलवायु परिवर्तनका कार्य, जैविक विविधता, प्राकृतिक स्रोत ब्यवस्थापनसम्वन्धी र अन्य तथाकथित विकास कार्यहरुमा आदिवासी महिला र युवाहरु लगायत आदिवासी जनजातिहरुका लागि वकालत, सूचना संम्प्रेषण, सचेतना अभिवृद्धि र क्षमता अभिवृद्धि जस्ता गतिविधीहरु संचालन गर्नु हो ।
नेफिन जलवायु परिवर्तन साझेदारी कार्यक्रमले आदिवासी जनजातिहरुको समुदाय, राष्ट्रिय र अन्र्तराष्ट्रिय संस्थाहरु र आदिवासी जनजातिहरुको लागि काम गर्ने संस्थाहरुसंग साझेदारीमा काम गर्दछ । यसले देशमा भएका नीति निर्माण प्रक्रियाहरुलाई अवलम्वन गर्दै संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्वन्धी खाका महासन्धि (युएनएफसिसि), जैविक विविधतासम्वन्धी महासन्धि (युएनसिबिडी), हरित जलवायु कोष (जिसिएफ) र आदिवासी जनजातिहरुको योगदान र संरक्षणको पहिचान र मान्यताका लागि संयुक्त राष्ट्रसंघको वार्ता र छलफललाई निरन्तरता दिएको छ । नेफिन जलवायु परिवर्तन कार्यक्रमले मानव र पृथ्वी ग्रहमा रहेका सवैको समग्र कल्याणका साथै सामाजिक र वातावरणिय अखण्डता कायम राख्न आदिवासी जनजातिहरुको फरक सन्दर्भ र योगदानहरुको वारेमा मानिसहरुलाई शिक्षित गर्ने प्रयास गर्दछ ।
हाम्रो लक्ष्य