Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

चुरे उत्थानशिल आयोजना क्षेत्रका आदिवासी जनजातिको लागि संस्थागत क्षमता अभिवृद्धिसम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिम

सोमवार, जुन 13th, 2022

‘नेपालमा चुरे उत्थानशिल आयोजना (Building a Resilient Churiya Region in Nepal-BRCRN) नेपालको पहिलो हरित जलवायु कोष (GCF) मा सञ्चालित आयोजना हो । यसलाइ पुष १५, २०७८ मा GCF बोर्ड बैठकले अनुमोदन गरेको थियो । यो आयोजनाले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका ११ जिल्लाका चुरे क्षेत्रमा २६ वटा नदी प्रणालीलाई लक्षित गरेको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को प्राविधिक सहयोगमा वन तथा वातावरण मन्त्रालयले आयोजना कार्यान्वयन गरिरहेको छ । यस सन्दर्भमा, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले FAO सँगको सहकार्यमा BRCRN क्षेत्रका आदिवासी जनजातिहरूका लागि सचेतना र क्षमता अभिवृद्धि कार्यहरू गरिरहेको छ । नेफिनले बर्दिवासमा जुन ४ र ५, २०२२ सम्म BRCRN आयोजना क्षेत्र भित्र आदिवासी जनजाति संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धिू शीर्षकको दुई दिने तालिम(कार्यशाला आयोजना गरेको थियो ।
उद्देश्य:
कार्यक्रमको मुख्य उद्देश्य आदिवासी जनजातिलाई जलवायु परिवर्तन, आदिवासी जनजातिको अधिकार र जलवायु कार्यमा उनीहरुको योगदानबारे सचेत गराउनु रहेको थियो । यसले समुदाय र पर्यावरणीयको उत्थानशिल बढाउने र आदिवासी जनजातिहरूको अधिकार सुरक्षित गर्ने लक्ष्य राखेको थियो ।
प्रक्रिया:
कार्यक्रममा सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीका १७ नगरपालिकाका आदिवासी जनजाति संगठन (आइपीओ) का प्रतिनिधित्व गर्ने १३ पुरुष र १२ महिला गरी २५ जनाको सहभागिता रहेको थियो । नेफिन वाग्मती प्रदेश समन्वय परिषद् (पीसीसी) काजीमान थिङका अध्यक्ष तथा नेफिन मधेश प्रदेश समन्वय परिषद् (पिसीसी) का अध्यक्ष मनोज कुमार दनुवार, बीआरसीआरएन प्रादेशिक आयोजना व्यवस्थापन इकाई (पीपीएमयू) बर्दिवासका तर्फबाट मोहन चन्द्र विश्वकर्मा र नारायण श्रेष्ठ BRCRN-FAO का विज्ञहरू छलफलमा सहभागी भएका थिए । आदिवासी जनजाति विज्ञ र श्रोत व्यक्तिहरूले जलवायु परिवर्तन, आदिवासी जनजातिको विश्व दृष्टिकोण, सामूहिक अधिकार, उनीहरूको ज्ञान र विज्ञान लगायतका बिभिन्न बिषयहरुमा विशेष गरी बिआरसीआरएनको आयोजना हस्तक्षेप सम्बन्धी विभिन्न शीर्षकमा प्रस्तुति दिएका थिए ।
मुख्य छलफल र निष्कर्ष:
परियोजना कार्यान्वयन प्रक्रियाबारे सुझाव:
सहभागीको मुख्य सिफारिस सबै गतिविधिहरूमा र आयोजनाको निर्णय गर्ने संयन्त्रका सबै तहहरूमा नेफिनको संलग्नता मार्फत आदिवासीहरूको सामूहिक र संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्नु रहेको थियो । सहभागीहरूले युवा र ज्येष्ठ नागरिक लगायत लैङ्गिक समानताका साथमा आदिवासी जनजातिको सहभागितालाई सांस्कृतिक रूपमा उपयुक्त बनाउन माग गरेका थिए ।
आयोजना अवयवहरूमा सुझाव:
यसबाहेक, तालिमले आयोजना गतिविधिहरूको योजना र कार्यान्वयनमा अलग(अलग विश्व दृष्टिकोण, जीवनपद्दती, मूल्य मान्यता र विज्ञानलाई सम्मान गर्न सुझाव दिएको छ । तालिमले जलवायु कार्य, प्राकृतिक स्रोत व्यवस्थापन, आयआर्जन र आदिवासी जनजातिको भूमि र क्षेत्रमा हुने कुनै पनि गतिविधिको नेतृत्व आदिवासी जनजातिको स्वामित्वमा हुनुपर्ने सुझाव पनि दिएको छ ।