Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

एशियाली आदिवासी जनजातिहरुको साझा संस्था (एआइपीपी) का सदस्य संगठनहरुविच गोष्ठी सम्पन्नः प्रदेश नंं. १ को पुनः नामाङकरण आन्दोलनमा एक्यवद्धताको लागि आवह्रान

मंगलवार, जुलाई 4th, 2023

भक्तपुर : नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा मिति २०८० असार १२ देखि १४ गतेसम्म एशियाली आदिवासी जनजातिहरुको साझा संस्था (एआइपीपी) का सदस्य संस्थाहरुसंगको ३ दिने अन्र्तदेशिय परामर्श गोष्ठी सम्पन्न भएको छ । स्विडिस अन्तर्राष्ट्रिय सहयोग नियोग (सिडा) को आर्थिक सहयोग र एशियाली आदिवासी जनजातिहरुको साझा संस्था (एआइपीपी) को सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा एशियाली आदिवासी जनजातिहरुको साझा संस्था (एआइपीपी) का महासचिव गाम ए. सिम्रे, उपमहासचिव के जुङका साथै सदस्य संगठनहरु राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ), राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग संघ (निडा), आदिवासी जनजाति युवा महासंघ नेपाल (वाइफिन), आदिवासी तथा जनजाति गैर सरकारी संस्था महासंघ नेपाल (एनजिओ फोनिन) लगायत आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र नेपालका आदिवासीहरुको मानव अधिकारसम्वन्धी वकिल समुह (लाहुर्निप), नेफिन जिल्ला समन्वय परिषद, प्रदेश समन्वय परिषद, जातिय संस्थाहरु र अन्य विभिन्न संघसंस्थाहरु गरी जम्मा ४६ जना (१९ महिला र २७ पुरुष) को सहभागी रहेको थियो ।

नेपालका आदिवासी जनजातिहरुको अधिकारलाई संरक्षण गर्नको लागि विगत, वर्तमान र भावि रणनीतिको बारेमा अनुभवहरु आदानप्रदान गरी चुनौतीहरुको सामना गर्दै कार्यान्वयनमा लैजानु र संगसंगै हाल पुर्वमा चलिरहेको प्रदेश नं. १ को पुनः नामाङकरण आन्दोलनको वारेमा पनि छलफल गरी समन्वयका साथ अगाडी बढ्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

उक्त कार्यक्रममा एआइपीपीका महासचिव गाम ए. सिम्रेले सहभागीहरुमाझ एआइपीपी संस्था सन् १९९२ मा स्थापना भई एसियाका आदिवासी जनजातिहरुको मानव अधिकारको रक्षा र प्रर्बद्धनको लागि कटिवद्ध भई निरन्तर रुपमा लागि रहेको जानकारी दिनुहुँदै संस्थाको लक्ष्य र दृष्टिकोणबारे प्रष्ट पार्नुभएको थियो । एशियामा मात्र नभै अन्य अन्तर्राष्ट्रिय क्षेत्रमा आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र आवाजलाई बुलन्द गर्नको लागी एआइपीपीले खेलेको भुमिका अत्यन्तै सह्रानिय रहेको बताउनुहुँदै एआइपीपीको सहयोग र समन्वय निरन्तर रहने कुरा नेफिनका निवर्तमान अध्यक्ष एंवम एआइपीपीका कार्यकारी सदस्य जगत बरामले बताउनुभयो ।

कार्यक्रममा विभिन्न आदिवासी वक्ताहरुले, हाल चलिरहेको प्रदेश नं. १ को आन्दोलन आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार भएकोले एआइपीपीका सदस्य संस्थाहरु र नेटवर्कहरुविच परामर्श र एक्यबद्धता हुन अति जरुरी रहेको कुरामा जोड दिएका थिए । त्यसैगरी, आदिवासी जनजातिहरुको जिवनशैली र पद्दती निरन्तरतामा आइरहेको चुनौती, विर्सिदै गएका परम्परा÷चालचलन, विशिष्ट नाम पहिचान, विविध मौलिक गित संगित, कला आदिको महत्व, एआइपीपीको रणनीतिक योजना र नेपालका आदिवासी जनजातिहरुको अन्य मुद्दाहरुको तालमेल, साझा दृष्टिकोण र उत्तरदायित्व, मानव अधिकारसम्वन्धी संयन्त्र, विकासे परियोजनाहरुले आदिवासी जनजातिको थातथलोबाट विस्थापीत गरेको र प्राकृतिक स्रोतसाधनहरु हडपी जिविकोपार्जनमा विमुख गराईएको आदि बारेमा प्रस्तुतीकरण सहित विस्तृत रुपमा छलफल गरिएको थियो ।

आफ्नो विगतको इतिहाँस, उत्पती र संस्कृति विनाको मान्छे जरा विनाको रुख जस्तै रहेको उद्दाहरण दिनुहँुदै आदिवासी जनजातिको संस्कार, संस्कृति, अमुल्य ज्ञान हराउँदै जाने हुनाले आफ्नो मातृभाषालाई जोगाई पुस्तान्तरण गरी बचाई राखन आवश्यक भएको भाषा अभियन्ता अमृत योञ्जन तामाङले जोड दिनुभयो । कार्यक्रममा नेपाल आदिवासी जनजाति जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका निर्देशक टुंगा भद्र राईले सहजीकरण गर्नुभएको थियो ।