Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

नेपालका एशियाली आदिवासी जनजातिहरुको मञ्च सदस्य संस्थाहरुको ३ दिने बैठक सम्पन्नः विगत र वर्तमान रणनीतिको समीक्षा र भावी योजना निर्माण

सोमवार, जुलाई 11th, 2022

काठमाडौं ः नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) जलवायु परिवर्तन साझेदारी कार्यक्रमले २०७९ असार २२ देखि २४ गतेसम्म नगरकोट होटल कन्ट्रिभिल्लामा ‘‘AIPP का सदस्य संगठनहरुबिच परामर्श’’ बारे ३ दिने गोष्ठी सम्पन्न गरेको छ । उक्त कार्यक्रममा एआइपीपीका सदस्य संस्थाका साथै नेफिन जिल्ला समन्वय परिषद, नेफिन प्रदेश समन्वय परिषद र जातिय संघसंस्थाबाट ३७ जना (२४ पुरुष र १३ महिला) प्रतिनिधीहरुको सहभागीता रहेको थियो । स्विडिस अन्र्तराष्ट्रिय बिकास सहयोग (सिडा) को सहयोग र एआइपीपी सँगको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
नेपालका आदिवासी जनजातिको विगत, वर्तमान र भावी रणनीतिको बारेमा एआइपीपीका सदस्य संस्थाहरुविच छलफल गर्ने र ठोस योजनाहरु तय गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । गोष्ठीमा टुंग भद्र राई, डा. मुक्तसिंह लामा, अमृत योञ्जन तामाङ, डा. श्रीकुमार महर्जन, दिवस राई, प्रज्ञा राई, चिनीमाया माझी, डा. लवदेव अवस्थी र राम वहादुर थापा मगर आदिले विभिन्न विषयवस्तुमा प्रस्तुतीकरण गर्नुभएको थियो भने एआइपीपीका Tassanee ले भर्चुअल माध्यामवाट प्रस्तुतीकरण गर्नुभएको थियो ।
गोष्ठीमा नेपालका आदिवासी जनजातिको संघ संस्थाहरुको सहकार्य र एआइपीपीको रणनीतिक योजना, आदिवासी जनजातिको विगत, वर्तमान र अवको बाटो, क्षेत्रिय र अन्तर्राष्ट्रिय अनुभव र अवस्था, आदिवासी जनजातिको भाषा, साहित्य र नामहरु, UNPFII, EMRIP, SDG, CBD, UNFCCC, GEF, GCF, FCPF, CIF संयन्त्र र प्रक्रियाहरुमा आदिवासी जनजातिको सहभागीता, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रम, योजना र रणनीतिहरु, एआइपीपीको लैङ्गिक नीति, भाषा आयोग र आदिवासी जनजाति आयोगको आदिवासी जनजाति लक्षित कार्यक्रम, योजना र रणनीतिहरुसम्वन्धी विषयवस्तुहरुमा प्रस्तुतीकरण र छलफल गरिएको थियो ।
नेपालमा Asia Indigenous Peoples Pact (AIPP) साझेदार संस्थाका सदस्य संगठनहरुको रुपमा नेपाल आदिवासी जनजाति महासंघ (NEFIN), राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (NIWF), आदिवासी जनजाति अपाङ्ग संघ (NIDA), आदिवासी जनजाति युवा महासंघ (YFIN) र आदिवासी जनजाति गैरसरकारी संस्था महासंघ नेपाल (NGO-FONIN) रहेका छन् । सो संस्थाहरुले सन् २०२१ मा सम्पन्न भएको “Country Consultation Meeting” को समिक्षा गर्दै वर्तमान परिस्थितिसम्म संस्थाले उठाउँदै आएको मुख्य विषयवस्तु र मुद्दाहरुको बारेमा बृहत छलफल गर्नुका साथै र ठोस योजना अघि सारेका थिए ।