Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

पोदोङ पहलः आदिवासी जनजातिको संस्कृति र प्रकृतिविचको साइनो र सम्झनाहरुको पुनर्ताजगी अभियानको एक पाईला

शुक्रवार, अगस्ट 8th, 2025

धुलिखेल ः नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन साझेदारी कार्यक्रमले International Union for Conservation of Nature (IUCN) सँगको सहकार्यमा संञ्चालित “पोदोङ आदिवासी जनजाति पहल” अन्तर्गत आदिवासी जनजाति अधिकार, लैङ्गिक समानता र जैविक विविधता संरक्षणका सन्दर्भमा संस्कृति र प्रकृति बिचको अन्तरसंबन्ध र साईनोहरुको पुर्नताजगी र प्रबर्दन गर्ने उद्देश्यले तिन दिने भेला २०८२ श्रावण ९–११ गते (जुलाई २५–२७, २०२५) धुलिखेल, काभ्रेपलाञ्चोकमा आयोजना गरयो । प्राकृतिक श्रोत ब्यवस्थापन, जैविक विविधता संरक्षण, जलवायु परिवर्तनलाई न्युनीकरणमा आदिवासी जनजातिको योगदान, आदिवासी संस्कृतिको भुमिका र महत्वबारे छलफल र सचेतना बृद्धि गर्ने यो भेलाको उद्देश्य हो ।
यो भेलामा पोदोङ पहल संञ्चालित भईरहेको जिल्लाहरुः सोलुखुम्बु, सिन्धुपाल्चोक र बर्दियाका बस्तीहरुका कुलुङ राई, शेर्पा, तामाङ, माझी र थारु आदिवासी जनजाति युवा, महिला, प्रथाजनित संस्थाका अगुवाहरु, गाउँ प्रतिनिधीहरु, वडा सदस्य, वडा अध्यक्ष, गाँउपालिका अध्यक्ष, र जातिय संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
छलफलको सत्रहरुले जलवायु परिवर्तनका कार्यहरु, अनुकुलन र न्युनीकरणका उपायहरु, अन्तर्राष्ट्रिय दृष्टान्तहरु, कुन्मीङ मोन्ट्रियल जैविक विविधता खाका, राष्ट्रिय जैविक विविधता संरक्षणका रणनीतिहरु, आदिवासी जनजातिका ज्ञान आदि बिषयहरुमा प्रकाश पारयो । बनजङगल संरक्षणको नाममा स्थापित राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र लगायत अन्य बन ब्यबस्थापनका योजना, जलविद्युत आयोजना र अन्य विकासे आयोजनाहरुले आदिवासी जनजाति युवा, महिला र समग्र आदिवासी जनजातिलाई पारेको नकरात्मक प्रभावहरु र अबका बाटोहरु बारे पनि छलफल गरिएको थियो ।
आदिवासी जनजातिको विभिन्न चाडपर्व, भेषभुषा, जन्मदेखि मृत्युसंस्कारमा प्रयोग हुने सामाग्रीहरुको प्रस्तुति, ज्ञान सिपको आदान प्रदान, साँस्कृतिक महत्वका जैविक विविधताबारे छलफल, आदिवासी जनजाति ज्ञानमा आधारित सिपमुलक तालिमका सम्भावनाहरु बारे पनि बिशेष छलफल गरिएको थियो । आदिवासी जनजातिको अधिकार, प्रकृतिसँगको घनिष्ट साईनो सुमधुर राख्न यो पहलले सहयोग गरिरहेको महसुस सहभागीहरुले गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ