latest / News
आदिवासी जनजाति अधिकार, जैविक विविधता र जलवायु परिवर्तनमा ‘आदिवासी ज्ञान र एशियाली जनता’ नामक चौथो एशिया–क्षेत्रिय सम्मेलन सम्पन्न ।
मंगलवार, अक्टोबर 15th, 2024
कास्की, पोखरा: एसियाली आदिवासी जनजातिको साझा मञ्च (एआपीपी) को आयोजनामा ‘‘आदिवासी जनजाति अधिकार, जैविक विविधता र जलवायु परिवर्तनमा आदिवासी ज्ञान र एशियाली जनता’’ नामक ४ दिने चौथो एशिया–क्षेत्रिय सम्मेलन यहि मिति असोज १५ देखि १८ गते (1-4 October, 2024) सम्म कास्कीको पोखरामा सम्पन्न भएको छ । उक्त सम्मेलनमा थाइल्याण्ड, मलेसिया, फिलिपिन्स, बंगलादेश, कम्बोडिया, भारत, इण्डोनेसिया, म्यानमार, ताइवान, बेलायत, क्यानडा, डेनमार्क र नेपाल लगायत १३ देश गरी जम्मा ६७ जनाको सहभागीता रहेको थियो ।
आदिवासी जनजाति अधिकार, जैविक विविधता र जलवायु परिवर्तनसम्वन्धी ब्यापक आवाज उठाउनु र सो सम्वन्धी घोषणापत्र तयार पार्नु सम्मेलनको मुख्य उद्देश्य रहेको थियो ।
सम्मेलनले जलवायु जोखिम न्युनीकरणका लागि बनाइने राष्ट्रिय जैविक विविधता रणनीति र कार्ययोजना (एनविसाप), राष्ट्रिय निर्धारित योगदान (एनडिसी) र राष्ट्रिय अनुकुलन योजना (न्याप) जस्ता सरकारी तहवाट निर्माण गरिने दस्तावेजहरु मानव अधिकारमा आधारित हुनुपर्नेमा जोड दिएको छ । जारी दस्तावेजमा आदिवासी जनजातिको सामुहिक स्वामित्वको अधिकार भएको भूमि, भू–भाग र भूक्षेत्र भित्रका जल, जमिन र जंगलको जैविक विविधताको संरक्षण र जलवायु कार्यका लागि स्वतन्त्र, पूर्व, सुसूचित सहमती (एफपीक) को सुनिश्चितताको माग गरेको छ ।
सो दस्तावेजहरु पुनरावलोकन तथा अध्यावधिक गर्ने लगायतका प्रक्रियाहरुमा पनि आदिवासी जनजाति, आदिवासी महिला, युवा र अपाङ्गता भएका आदिवासीहरुको सहभागीताको लागि जोड दिएको छ ।