Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

अधिकारमा आधारित प्राकृतिक स्रोत ब्यवस्थापन र जैविक विविधता संरक्षणमा समुदाय स्तरको तालिम–कार्याशाला गोष्ठी सम्पन्न

आइतवार, सेप्टेम्बर 22nd, 2024

                      

 

 

 

 

प्राकृतिक स्रोत व्यवस्थापन र जैविक विविधता संरक्षणमा सक्रिय ४ जिल्ला (कास्की, मनाङ, मुस्ताङ, लमजुङ) का १० वटा गाउँका आदिवासी जनजाति अगुवा, आदिवासी महिला, युवा, अपाङ्गता प्रतिनिधीहरुलाई समुदाय स्तरको क्षमता अभिबृद्धि तालिम–कार्याशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को आयोजनामा कास्की अन्नपुर्ण गाउँपालिकाको छोम्रोङ र उल्लेरी, मुस्ताङ घरपजोङ गाउँपालिकाको चिमाङ, स्याङ र ठिनी, साझेदार संस्था युवा वातावरण संजाल (वाइएई) को आयोजनामा लमजुङ क्व्होलसोथर गाउँपालिकाको घलेगाँउ र भुजुङ, मनाङ नासो गाउँपालिकाको ताल, चामे गाउँपालिको थान्चोक, र ङिस्याङ गाउँपालिको खाङसारमा तालिम–कार्याशाला गोष्ठी भएको हो । सो तालिम–गोष्ठीमा १० वटा गाउँको सम्वन्धित सरकारी निकायबाट अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख सहित गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, गाउँ मुखिया, आमा समुह, युवा समुह समेत गरी अन्य सहभागीहरु जम्मा ४७७ जना (२०७ पुरुष र २७० महिला) लाई तालिम प्रदान गरिएको हो ।

प्राकृतिक स्रोत ब्यवस्थापन र जैविक विविधता संरक्षणमा आदिवासी जनजातिलाई क्षमता अभिबृद्धि तालिम प्रदान गर्नु र वकालत गर्नु तालिमको मुख्य उद्देश्य रहेको थियो ।

नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, कोषाध्यक्ष विमल सारु मगर, जलवायु परिवर्तन साझेदारी कार्यक्रमका निर्देशक टुगा भद्र राई, छिरिङ वाङमो गुरुङ, वातावरण युवा संजालका उमेश बस्नेत लगायत स्रोत ब्यक्ति धनमान गुरुङ आदिले विभिन्न प्रस्तुतीकरण र छलफल विचार विमर्श सहित तालिम प्रदान गर्नुभएको थियो ।

Inclusive Conservation Initiative (ICI) को साईनो परियोजना अन्तगर्त संचालित अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृतिबीचको साईनो र सम्झनाहरुको पुनर्ताजगी गराउने र त्यस क्षेत्रका आदिवासी जनजातिलाई जलवायु परिवर्तनको असरबाट बच्न, अनुकुलन र न्युनीकरणको उपायहरुको खोजी गर्न, जलवायु परिवर्नतसम्वन्धी राष्ट्रिय अन्तराष्ट्रिय नीति नियमहरुको अध्यावधिक गराउन, प्राकृतिक स्रोतको व्यवस्थापन र जैविक विविधता संरक्षणमा महत्वपुर्ण भुमिका निर्वाह गर्न आदिको बारेमा ब्यापक छलफल गरिएको थियो ।