Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

सामुहिक तस्बिर, ठिनी

latest / News

एसियाका आदिवासी जनजातिहरुविच सिकाई र अनुभव आदानप्रदान कार्यक्रम

बुधवार, अक्टोबर 23rd, 2024

सामुहिक तस्बिर, पोखरा

कास्की, पोखरा र मुस्ताङ, ठिनी: नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र IPF को आयोजनामा यहि मिती २०२४ अक्टोबर ५ देखि ११ सम्म कास्कीको पोखरा र मुस्ताङको ठिनीमा एशियाका आदिवासी जनजातिविच सिकाइ र अनुभव आदानप्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । कार्यक्रममा एशियाली क्षेत्रका नेपाल, थाईल्याण्ड, फिलिपिन्स्, मलेसिया लगायत डेनमार्कका आदिवासी जनजाति समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए भने IUCN बाट ज्याक्लीन साइल्स कल्भो आउनु भएको थियो । सहभागीहरूले प्रथाजन्य संस्था, जैविक विविधताको संरक्षण र स्रोत व्यवस्थापन जस्ता विषयमा ज्ञान आदानप्रदान गरेका थिए । सहभागीहरूले मुस्ताङको ठिनी गाउँको ऐतिहासिक र सांस्कृतिक धरोहरहरू भ्रमण गरी आदिवासी समुदायहरूको परम्परा, जीवनशैली, र प्रकृतिसँगको सम्बन्ध नजिकबाट अनुभव गरेका थिए ।

सो कार्यक्रममा सहभागीहरुको अर्थपूर्ण सहभागिता रहेको थियो । पोखरामा ४२ जना र समुदाय भ्रमणको लागि ठिनीमा ११० जनाको सहभागिता थियो । पोखरामा औपचारिक कार्यक्रम शुरू भएको थियो । आदिवासी परम्परा अनुसार कार्यक्रमको उदघाटन गर्दै कार्यक्रमको उद्देश्य तथा नेपाल र थाइल्याण्डमा भएका आदिवासी तथा सामुदायिक संरक्षण गरिएका क्षेत्रहरू, ICI परियोजनाहरूको प्रस्तुति थियो र परम्परागत प्रणाली, जिवनशैली र स्रोत व्यवस्थापनका विषयमा छलफल गरिएको थियो ।
त्यसैगरी सहभागीहरूलाई मुस्ताङको ठिनी गाउँको भ्रमण गराइएको थियो, जहाँ उनीहरूले सामुदायका गाउँमुखिया, आमा समूहका सदस्यहरु, युवा समूह, वडा सदस्य, लगायतका विभिन्न आदिवासी समुदायका प्रतिनीधिहरूसँग अन्तरक्रियामा संलग्न भएर प्रथाजन्य सस्ंथा र संरक्षण सम्बन्धी विभिन्न विषयमा प्यानल छलफल र प्रदर्शनीहरू गरियो, जसले सहभागीहरूलाई गाउँको अभ्यासहरू र विभिन्न संस्थाहरूको कामबाट सिक्न प्रेरित गर्यो ।