Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

आइसिआइ परियोजना क्षेत्रका आदिवासी जनजातिलाई विद्युतीय चुलो बितरण कार्यक्रम सम्पन्न

बिहिवार, जुन 12th, 2025

समावेशी सँरक्षण पहल (Inclusive Conservation Initiative/ICI) को सहयोगमा र नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा परियोजना क्षेत्रका आदिवासी जनजातिलाई बिद्युतीय चुलो बितरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम अन्तर्गत मनाङको ताल, तिमाङ, खाङसार, लमजुङको घलेगाउँ, भुजुङ, कास्कीको उल्लेरी, छोम्रोङ र मुस्ताङको चिमाङ गाउँमा सम्पन्न भएको हो ।
विद्युतीय चुलोको प्रयोगले दाउरा उपभोग न्यूनीकरण गरी आफ्नो भू–क्षेत्रको दिगो व्यवस्थापन, जैबिक बिविधता संरक्षण, कार्बन उत्सर्जन न्यूनीकरण लगायत स्वास्थ्यमा योगदान पु¥याउन सकिने रहेको छ । महासंघले परियोजना क्षेत्रका आदिवासी जनजातिलाई निशुल्क विद्युतिय चुलो वितरण गरेको हो । विद्युतीय चुलो प्रयोगले दाउरा प्रयोगमा कमी ल्याई कार्बन उत्सर्जन न्युनीकरणमा योगदान पु¥याउन सकिनेछ ।
क्व्होलासोथर गाउँपालिका उपाध्यक्ष गमी माया गुरुङका अनुसार स्वास्थ्यको हिसाबले धुवाँबाट बच्न विद्युतीय चुलो आवश्यक रहेको बताएका थिए । उनले भने, ‘वितरण गरिएको विद्युतिय चुलो प्रयोग सफल भएमा भविष्यमा पालिकाले थप सहयोग गर्ने अभियान रहेको बताए’ ।

हाल परियोजना सँचालन भैइरहेका लमजुङको क्व्होलसोथर गाउँपालिका वडा नं ३ घलेगाँउको ६५ जना, वडा नं.४ भुजुङको ६० जना, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ९ उल्लेरीको ६० जना, वडा नं ११ छोम्रोङको ५० जना, र मनाङको नासो गाउँपालिका वडा नं १ तालको ६५ जना, ङिस्याङ गाउँपालिका वडा नं ९ खाङसारको ६१ जनालाई जम्मा गरी ३६१ घरधुरीलाई बिद्युतीय चुलो वितरण गरियो । पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, उपाध्यक्षको विषेश आतिथ्यमा चुलो वितरण गरिएको हो । जलवायु परिवर्तनले आदिवासी जनजाति महिलालाई सबैभन्दा बढी असर पारिरहेको सन्दर्भमा विद्युतीय चुलो वितरणले समयको बचत हुने, वरपर वातावरण सफा रहने, स्वास्थ्यमा योगदान पुग्ने, कार्बन उत्सर्जन कम भई जलवायु परिवर्तनमा टेवा पुग्ने विश्वास रहेको बताएका थिए ।