covid-19
स्वास्थ्य सामाग्री बितरण कार्यक्रम सम्पन्न
शुक्रवार, अक्टोबर 22nd, 2021
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद मनाङकोे सहकार्यमा अक्टोवर १७, २०२१ मा नासो गाउपालिका स्वास्थ्य शाखा, ताल मनाङको धारापानी स्वास्थ्य चौकीमा थर्मल गन, थर्मोमिटर, पल्स मिटर, पिपिए, माक्स र सेनिटाईजर बितरण गरियो । नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी महिला महासंघ, आदिवासी जनजाति अपाङ्ग संघ, आदिवासी जनजाति गैर सरकारी संस्था महासंघ र आदिवासी जनजति युवा महासंघको समन्वयमा एसियाली आदिवासी जनजाति मन्च AIPP Foundation र PAWANKA Funds को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भयो ।