Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

पोदोङ पहलः आदिवासी ज्ञानमा आधारित सिपमुलक तालिम सम्पन्न

शुक्रवार, जनवरी 30th, 2026

बर्दिया, सिन्धुपाल्चोक र सोलुखुम्बुः नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा IUCN को सहकार्यमा ‘पोदोङ पहल’ अन्तर्गत आदिवासी ज्ञानमा आधारित सिपमुलक तालिम सफलतापुर्वक सम्पन्न भएको छ ।
यस तालिमको मुख्य उद्देश्य आदिवासी जनजातिको लोप हुँदै गएको परम्परागत अभ्यास, ज्ञान सिप र मुल्य मान्यताहरुलाई पुनर्ताजगी गराई दिगो ब्यवस्थापनको निरन्तरता दिनु हो । यसै सन्दर्भमा बर्दिया, बाँसगढी नगरपालिका वडा नं. ४ र ५, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका सिम्पाल र बोडगाउँ वडा नं.०१ र ११, सोलुखुम्बु, महाकुलुङ गाउँपालिका छेस्काम र मामेर्कु वडा नं. ३ मा क्रमशः थारु, तामाङ, माझी, राई (कुलुङ) र शेर्पा आदिवासी जनजातिलाई जातिय पहिरन/भेषभुषा (लेहङगा चोल्या, लुङ्गि, पछयौरा, चौबन्दी चोलो, भोटो, कोट, सुता/फुर्का, फेङगा) र परम्परागत वाद्यवाजनका सामाग्री (ढोङगम/विनायो) साथै प्राविधीक तालिम (बिद्युतिय र प्लम्बिङ)  सम्बन्धी सिपमुलक तालिमहरु प्रदान गरिएको थियो ।
यो पहलले आदिवासी जनजातिको सचेतना र क्षमता अभिबृद्धिको विकास भएको, लोप हुँदै गएको ज्ञान सिपको पुनर्ताजगी र निरन्तरताको अभ्यास र दिगो ब्यवस्थापनको सिकाइ भएको तालिममा सहभागीहरुले ब्यक्त गरेका थिए । यस तालिमका क्रममा युवा र महिलाहरुको सक्रिय सहभागीता रहेको थियो । सहभागीहरुले यो सिकाईलाई पुस्ता हस्तान्तरण गर्न, ब्यवहारमा उतार्न र दिगो आयआर्जनका अवसरहरु सिर्जना गरी आफ्नो परिवार र समुदायलाई सहयोग गर्न उत्साहित र कटिबद्ध रहेका छन् ।