latest / News
आदिवासी जनजातिहरुको साँस्कृतिक सम्पदाहरुको अभिलेखीकरण कार्य सम्पन्न
सोमवार, सेप्टेम्बर 8th, 2025
बर्दिया, सिन्धुपाल्चोक र सोलुखुम्बुः पोदोङ पहल अन्र्तगत नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमले ‘‘समुदायमा आधारित अनुगमन र सुचना प्रणाली’’ विधिको माध्यमबाट बर्दियाको बाँसगढी वडा नं. ५, सिन्धुपाल्चोकको सिम्पाल वडा नं. १ र बोडगाउँ वडा नं. ११, सोलुखुम्बुको छेस्काम र मामेर्कु वडा नं.२ र ३ मा आदिवासी जनजातिको साँस्कृतिक सम्पदाहरुको सुची निर्माण कार्यका साथै जैविक विविधता मापन कार्य सम्पन्न गरेको छ । उक्त कार्यको लागी सम्बन्धित गाउँका आदिवासी जनजाति अगुवा, युवा र महिलाहरुले साथ सहयोग गरेका छन् । सो कार्यक्रम २०८२ श्रावण १८ देखि भदौ २१ गते सम्म सँचालन गरिएको थियो । अनुसन्धानकर्ता दावा तेन्जी योल्मुको संयोजकत्वमा सुची निर्माण कार्य सम्पन्न भएको हो ।
साँस्कृतिक सम्पदाहरु मठ मन्दिर, गुम्बा, माने, छयोर्तेन, प्राकृतिक स्रोतहरु खोला, नदि, ताल, नहर, कुलो, ढु्ंगा, बालुवा, बुट्यान झारहरु, रुखहरु र जैविक विविधता चराचुरुङ्गीहरु, जडिबुटिहरु, जनावरहरु, किराफटयाङग्राहरु आदिबारे सुची निर्माण सम्पन्न भएको हो ।