Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

latest / News

जलवायु परिवर्तन र आदिवासी जनजाति अधिकारबारे क्षेत्रिय स्तरको प्रशिक्षण सम्पन्न

बिहिवार, डिसेम्बर 4th, 2025

नगरकोटः नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा जलवायु परिवर्तनमा आदिवासी जनजातिको अधिकारबारे क्षेत्रिय स्तरको तालिम–कार्याशाला गोष्ठी मिति २०८२ मंसिर १३ देखि १५ गते सम्म ३ दिने प्रशिक्षण नगरकोटको होटल कन्ट्रिभिल्लामा सम्पन्न भयो । कार्यक्रममा आदिवासी जनजाति संघ/संस्था, संघिय परिषद सचिवालयका पदाधिकारीसहित २० महिला र २० पुरुष गरी जम्मा ४० जनाको सहभागीता रहेको थियो ।
प्रशिक्षणको मुख्य उद्देश्य जलवायु परिवर्तन र जैविक विविधतासम्बन्धी आदिवासी जनजातिहरुलाई सशक्तीकरण गर्नु हो । अनुसन्धानकर्ता खिम घले, नेपालका आदिवासीहरुको मानवअधिकार सम्वन्धी वकिल समुह (लाहुर्निप) का मनोज आठपहरिया, संघिय परिषद सचिवालका महासचिव दिवस राई, साझेदारी कार्यक्रमका निर्देशक टुङ्ग राईले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा जलवायु परिवर्तन र यसले आदिवासी जनजातिमाथि पारेको असरहरु, जलवायु परिवर्तन अनुकुलन र न्युनिकरण, हानी र नोक्सानी, राष्ट्रिय निर्धारित योगदानका सम्भावित चुनौती, जोखिम र अवसरहरुका साथै नेपालमा रेडप्लस अन्तर्गतको लिफ साझेदारीता, पक्ष राष्ट्रहरुको सम्मेलन कोप ३० मा उठेका मुद्दाहरु, हरित जलवायु कोषको प्रस्तावना र आयोजनाहरु, जैविक विविधता महासन्धि र राष्ट्रिय जैविक विविधता रणनीति र कार्ययोजना विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यपत्र प्रस्तुति, भिडियो प्रदर्शन, समुह छलफल, (महिला, युवा, अगुवाहरुको प्रतिनिधीत्वमा) साँस्कतिक गीत तथा नृत्य प्रस्तुतीको माध्यामबाट कार्यक्रमलाई उपलब्धीमुलक बनाइनुका साथै जलवायु परिवर्तन साझेदारी कार्यक्रमले प्रकाशित गरेको सामाग्रीहरु पनि प्रशिक्षणका सहभागीहरुलाई वितरण गरिएको थियो ।