latest / News
जलवायु परिवर्तन र जैविक विविधतासम्वन्धमा आदिवासी जनजातिको सचेतना र क्षमता अभिबृद्धिका लागि राष्ट्रिय स्तरको तालिम–गोष्ठी सम्पन्न
बुधवार, जनवरी 8th, 2025
पोखरा । नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको ३ दिने तालिमको दौरानमा यहि मिति २०८१ पौष १३ देखि १५ गतेसम्म कास्की पोखराको ल्याण्डमार्क होटलमा जलवायु परिवर्तनसम्वन्धी आदिवासी जनजातिका लागि तालिम–गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । उक्त तालिम–गोष्ठीमा आदिवासी जनजातिको संघसंस्थाहरु जिल्ला समन्वय परिषद (डसिसि), प्रदेश समन्वय परिषद (पिसिसि), जातिय संस्थाहरु (आइपिओज), सम्वन्धन संस्थाहरु, सामुदायिक रेडियो, स्रोतब्यक्तीहरु समेत गरी (३६ पुरुष र ३० महिला) जम्मा ६६ जनाको सहभागीता रहेको थियो ।
जलवायु परिवर्तन र जैविक विविधतासम्वन्धी राष्ट्रिय र अन्र्तराष्ट्रिय नीतिहरुमा आदिवासी जनजाति अधिकार, मुद्दा र सरोकारहरुको उठान गर्नु र सो सम्बन्धी सचेतना र क्षमता अभिबृद्धि गर्नुृ तालिमको मुख्य उद्देश्य रहेको थियो ।
महासंघका उपाध्यक्ष छेत्र बहादुर थकालीले आदिवासी परम्परा अनुसार छयुमी बालेर कार्यक्रमको उद्दघाटन गर्नुभएको थियो भने आदिवासी गान बजाउनृका साथै जलवायु परिवर्तन सम्वन्धी भिडियो डकुमेन्ट्री प्रस्तुतीकरण र सम्वन्धीत प्रकाशनहरु वितरण गरिएको थियो । तालिम–गोष्ठीका क्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, नेपालका आदिवासीहरुको मानव अधिकारसम्वन्धी वकिल समुह (लाहुर्निप) का सल्लाहकार मनोज आठपहरीया राई, वन तथा वातावरण मन्त्रालय अन्र्तगतको जलवायु परिवर्तन ब्यवस्थापन शाखाका सहसचिव डा. सिन्धु ढुङ्गाना, रेड कार्यान्वयन केन्द्रका सहसचिव नवराज पुडासैनी, IUCN का वातावरण तथा सामाजिक सुरक्षा बिज्ञ युवराज गुरागाई, चुरे उत्थानशिल आयोजना (BRCRN) का लैङ्गिक तथा आदिवासी जनजाति विज्ञ शुसिला थापा मगर, समाज कल्याण परिषद (SWC) का सहायक निर्देशक आनन्द थापा, जलवायु परिवर्तन साझेदारी कार्यक्रमका निर्देशक टुङ्ग भद्र राई र स्रोतब्यक्ती सुख वीर थामीले प्रस्तुतीकरण र छलफल गर्नुभएको थियो ।
तालिम–गोष्ठीमा जलवायु परिवर्तनसम्वन्धी पृष्ठभुमीको चर्चा गरिनुका साथै संयुक्त राष्ट्रसंघिय खाका महासन्धि (UNFCCC) को जलवायु परिवर्तन अनुकूलन र न्युनीकरण, हानी र नोक्सानी, जलवायु परिवर्तन सम्बोधनका लागि नीति र कार्यक्रमहरु, जलवायु मैत्री प्रविधीको विकास र यसको हस्तान्रतण, जलवायु वित्त र व्यवस्थापन, रेडप्लस अन्तर्गत उत्सर्जन न्युनीकरण कार्यक्रम र यसका उपलब्धीहरु, गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजनावारे जानकारी तथा प्रगति विवरण, सामाजिक संघ संस्थाहरुको स्थापना विकास र सुदृढीकरणको लागि आवश्यक जानकारीहरु, आयोजनाहरुमा आदिवासी जनजातिहरुको लैङ्गिक सरोकार र समावेशीता, आदिवासी जनजातिको भिन्न जिवनशैली, विश्व दृष्टिकोण आदि विषयमा छलफल र विचारविमर्श गरिएको थियो ।
सो तालिम–गोष्ठीमा जलवायु परिवर्तनको नकारात्मक असरहरुवाट वच्न आदिवासी जनजातिको परम्परागत ज्ञान शिप र अभ्यास जिवनशैलिको बिकल्प नरहेको जिकिर गर्दे भविष्यमा अझ विकराल कठिनाईहरु भोग्नुपर्ने हुनाले आदिवासी जनजातिहरु एकजुट भई लाग्नुपर्ने र यस्ता क्षमता अभिवृद्धिका तालिम गोष्ठीहरु नियमित हुनुपर्ने सहभागीहरुले सुझाएका थिए ।