जलवायु परिवर्तनसम्बन्धी आदिवासी अधिकारको लागि ठोस कदम चाल्न माग

Share It

नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा ‘जलवायु परिवर्तन, रेडप्लस, हरित जलवायु कोष र आदिवासी जनजातिका अधिकार’ विषयक तीन दिने तालिम तथा कार्यशाला गोष्ठी गत कार्तिक ३ देखि ५ सम्म पोखरामा सम्पन्न भयो । जलवायु परिवर्तन, रेडप्लस र हरित जलवायु कोषबारे छलफल तथा जानकारी प्रदान गर्ने र यी विषयहरुसँग जोडिएका आदिवासी जनजातिका सवालहरुको सम्बोधन तथा अधिकारहरुको सुनिश्चितता पैरवीको वातावरण सिर्जना गर्ने मूल उद्देश्यकासाथ आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ र महासंघआवद्ध जातीय सदस्य संगठनहरुका प्रतिनिधिहरु गरी जम्मा ३८ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा जलवायु परिवर्तन र आदिवासीसम्बन्धी मुख्य–मुख्य निर्णय तथा प्रावधानहरु, सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरु एवं नेपालले जनाएका प्रतिबद्धताहरु र त्यसबाट सृजित दायित्वहरुसम्बन्धी छलफलको आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका राष्ट्रिय संयोजक टुङ्ग भद्र राईले सहजीकरण गर्नुभयो । त्यस्तै, जलवायु परिवर्तन, क्षति तथा विनाश र अनुकूलन तथा न्यूनीकरणसम्वन्धी छलफलको कुमार थापाले सहजीकरण गर्नुभयो । साथै जलवायु परिवर्तन र आदिवासी महिलाहरुको भूमिकासम्बन्धी सत्रको लाक्पा हिसे शेर्पाले र युवाहरुको भूमिकाबारे छफफलको सुखवीर थामीले सहजीकरण गर्नुभयोे । हरित जलवायु कोष, यसको उद्देश्य र कार्यक्षेत्र, कोषको वित्तीय सहयोग लिनको लागि नेपालको चालु प्रयास, तयारी र उपलब्धीहरुबारे यलम्बर राईले प्रस्तुतीकरण गर्नुभएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोष ९ ल्त्ल्ऋ ० को परियोजना, पृष्ठभूमि र उद्धेश्यहरुवारे सहभागीहरुलाई डा. मनिषराज पाण्डे जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी नेतृत्वहरुले जलवायु परिवर्तन र आदिवासी जनजाति समुदायको पहिचान, प्रतिनिधित्व, अधिकार आदिको सम्बोधनको लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

हामीलाई फेसबुकमा लाइक गर्नुहोस

  • सबस्क्राइब न्यूजलेटर

  • हाम्रो मासिक न्यूजलेटर सबस्क्राइब गर्नुहोस