Visit Nepal Federation of Indigenous Nationalities (NEFIN).

p.c. https://blls.org.sg

latest / International News

बंगलादेश आदिवासीहरुको रेडप्लसमा राष्ट्रिय परामर्श

मंगलवार, डिसेम्बर 8th, 2020

ढाका, बंगलादेश––यहि कार्तिक ६ र ७ मा बंगलादेशको ढाकामा रेडसप्लस तयारी सम्बन्धि आदिवासीहरुको एक राष्टियस्तरको परामर्श कार्यक्रम आयोजना भयो।

बंगलादेशले तयार गरेको रेडप्लस तयारी प्रस्तवना (आरपीपी) को बारेमा त्यहाँका आदिवासीहरुलाई जानकारी दिनु र त्यस सम्बन्धमा उनीहरुको राय, सल्लाह र सुझाब लिनु उक्त कायेक्रमको उदेश्य रहेको थियो।

जलबायु परिवर्तन र रेडप्लसमा आदिवासीका मुद्धा र सरोकारबारे चेतना अभिबद्धि गर्न राष्टियस्तरका परामर्श कार्यक्रम आयोजना गर्नेबारे यूनरेड पोलिसी वोर्डको लागि एसिया प्यासिफिकका आदिवासीका पर्यवक्षक तथा नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन साझेदारी कार्यक्रमका राष्टिय संयोजक पासा डोल्मा शेर्पा र आदिवास्ाी प्रतिनिधिहरुबीच जर्मनीको बोनमा सम्पन्न एसिया ककसका भेला र इन्डोनेसियाको लम्बोकमा सम्पन्न  यूनरेड पोलिसी वोर्डको दशौ भेला लगायतमा छदफल भएको थिया।

बंगलादेशमा रेडप्लस कार्यक्रम कार्यन्वयन हुनु अघि त्यहाका आदिवासीहरुलाई रेडप्लस प्रकृयामा आफ्ना मुद्धा र मागहरु राख्दै सरिक हुने अवसर उक्त कार्यक्रमले प्रदान गर्यो।

सहभागी आदिवासी प्रतिनिधिहरुले बंगलादेशको रेडप्लस नीति, कार्यक्रममा संशोधनको लागि पनि आफ्ना सुझाबहरु प्रस्तुत गरे। सुझावहरु संकलन गरि बंगलादेशी सरकारलाई बु्झाईयो जसले ती सु्झावहरु हार्दिकताकासाथ ग्रहण गरयो। यसले सरकार र त्यहाका आदिवासीका वीच भविष्यमा थप सहयोग र सहकार्य हुनेतर्फ इंगित गर्छ।

उक्त कार्यक्रमले आदिवासी अगुवाहरुलाई त्यस्ता आउदा कार्यशालाहरुमा पुर्ण र प्रभाबकारी ्सह्भागिताको लागि प्रेरित गरयो। चक्मा प्रमुख राजा देवाशिष रोय, बंगलादेश वन संरक्षण प्रमु्ख मोह्म्मद युनुश अली र उप प्रमुख हारामधन बानिक, नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन साझेदारी कार्यक्रमका राष्टिय संयोजक पासा डोल्मा शेर्पा का साथै बंगलादेशमा ४१ आदिवासी प्रतिनिधिहरु उक्त कार्यक्रममा सहभागि थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ