अन्तर्देशीय आदिवासी परामर्श बैठक सम्पन्न ः सहकार्य र समन्वयमा जोड

Share It

नेपाल आदिवासी जनजाति महासंघ  र एसियाली आदिवासी मञ्च  को सहकार्यमा दुई दिने अन्तर्देशीय परामर्श बैठक गत असोज १४ र १५ गते भक्तपुरमा सम्पन्न भयो । मञ्चका सदस्य संगठनहरुवीच सहकार्य, समन्वय र संचारलाई अझ प्रभावकारी बनाउनको साथै नेपालको समग्र आदिवासी जनजाति आन्दोलन तथा अभियानका चुनौतीहरु पहिचान गरि आगमी दिनहरुमा ती चुनौतीहरुलाई संवोधन गर्न के कस्ता ठोस योजना तथा रणनीतिहरु तय गर्न सकिन्छ भन्ने लगायतका विषयहरुमा बृहत छलफल तथा अन्तरक्रिया गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा १६ महिला र १९ पुरुष गरी जम्मा ३५ जनाको सहभागिता रहेको थियो
कार्यक्रममा अप्रिल २०१८ मा सम्पन्न पहिलो अन्तर्देशीय परामर्श बैठकको समिक्षा गर्दै महासंघसँग आबद्ध सहभागी संस्थाहरुले आदिवासी जनजाति महासंघ नेपालका सम्पुर्ण आदिवासीहरुको छाता संगठन भएको दोहर्याएका थिए । साथै छलफलमा सहभागीहरुले महासंघ र महासंघ आवद्ध संगठनहरुबीचको समन्वय, सहकार्य र सञ्चारमा थप सुधार भए मात्र नेपालकोे समग्र आदिवासी आन्दोलन संयुक्तरुपमा अझ सशक्ततवरले अगाडि बढ्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा आदिवासी भावी आन्दोलनको स्वरुप, आदिवासी सगठनहरुको संस्थागत विकास तथा उनीहरुको भूमि, वन लगायत अन्य प्राकृतिक श्रोत साधनहरुप्रतिको अधिकार, आत्मनिर्णयको अधिकार, स्वायत्तताको अधिकार, राज्य पुनर्संरचना, नीति नियम सन्धि सम्झौताहरु, जलवायु परिवर्तन, जैविक विविधता, क्षमता अभिवृद्धि र नेतृत्व बाँडफाँड, दिगो विकास लक्ष्यहरु, मानव अधिकार, आदिवासी जनजातिका जिविकोपार्जन र परम्परागत ज्ञान, सिप, संस्कार, प्रथाजनित कानून र सिकाईहरुसम्वन्धी सहभागीहरुवीच समुहकार्य भयो । साथै यी मुद्दाहरु नेपालका आदिवासी जनजातिका साझा र महत्वपूर्ण मुद्दाहरु भएकोले आगामी दिनमा वन्ने रणनीति तथा कार्यक्रमहरुमा यि मुद्दाहरु संवोधन गर्न गराउन सामुहिक रुपमा सशक्त भई लाग्नुपर्नेमा सबै सहभागीहरुको जोड रहेको थियो ।

नेपालमा ब्क्ष्एए का सदस्य संगठनहरुको रुपमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ ९ल्क्ष्ध्ँ०, आदिवासी जनजाति अपाङ्ग संघ ९ल्क्ष्म्ब्०, नेपाल आदिवासी जनजाति महासंघ ९ल्भ्ँक्ष्ल्०, आदिवासी जनजाति युवा महासंघ ९थ्ँक्ष्ल्० र आदिवासी जनजाति गैर सरकारी संस्था महासंघ नेपाल ९ल्न्इ(ँइल्क्ष्ल्० रहेका छन् भने आदिवासी जनजाति पत्रकार महासंघ ९ँइल्क्ष्व्० र आदिवासी जनजातिको मानवअधिकारसम्वन्धी वकिल समुह ९ीब्ज्ग्च्ल्क्ष्ए० साझेदार संस्थाका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

हामीलाई फेसबुकमा लाइक गर्नुहोस

  • सबस्क्राइब न्यूजलेटर

  • हाम्रो मासिक न्यूजलेटर सबस्क्राइब गर्नुहोस