नर्वेको पहिलो दुई बर्षीय रेडप्लस बिचार अदानप्रदानमा राष्ट्रसघीय रेड कार्यक्रमका साझेदार देशहरुले पूर्व स्वतन्त्र सूसुचित सहमति, बातावरणीय तथा सामाजिक सुरक्षा र सहभागितामूलक कार्वन अनुगनमा जोड दिएका छन् ।
इण्डोनेशियाको बालीमा सन् २००७ मा नर्वेका प्रधानमन्त्री स्टोलटेन्वर्गले रेडमा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको साँढे तीन बर्ष पछि नोर्याड र नर्वेको वातावरण मन्त्रालयले करिव १ सय ५० रेड प्लस सम्बन्धी प्रविधिक बिशेषज्ञ, त्यसमा काम गरिरहेकाहरु, सरकारी प्रतिनिधि र नागरिक समाजका अगुवाहरुलाई रेडप्लस प्रकृया र त्यसबाट सिकेका कुराहरु अदानप्रदानका लागि ओस्लोमा भेला गराइएको थियो । जुनको २३ र २४ मा भएको उक्त ओस्लो एक्सचेञ्जले बन फडानीका आधारभूत कारणहरुको सम्बोधनका क्रममा रेडप्लसको सुरक्षा उपाय र नीतिहरुमा जोड दिएका थिए ।
नर्वेका वातावरण तथा विकास सम्बन्धी सहायक मन्त्री इरि सोल्हिमले रेडप्लसमा धेरै खतराहरु रहेको उल्लेख गर्दै भने, ‘यसमा काम गर्दा हुने खतरा भन्दा काम नगर्दा हुने खतरा बढी छन् ।’ नर्वे रेडप्लस भित्रको शासकीय पक्ष र भ्रष्टाचारविरुद्धको अभियानमा कडा रुपमा प्रस्तुत भएको थियो । यसलाई इण्डोनेशियाका मन्त्री कुमुतोरो मङ्गकुसुब्रोतुले समर्थन गर्दै उचित ‘शासकीय पूर्वधार’ को महत्व दर्शाएका थिए । त्यसैगरी उनले आवश्यक सरचनागत परिवर्तन र नीतिगत सुधारबाट शासकीय पक्षमा सुधान गर्न सकिने उल्लेख गरेका थिए ।
ओस्लो रेड एक्सचेञ्जमा रेडप्लस प्रकृयाका बारेमा धेरै चाखपूर्ण, समसामियक र बिचारणीय प्रस्तुती, हस्तक्षेप तथा छलफलहरु भएको थियो । पुरै कार्यक्रमभर भूमिको अधिकार तथा आदिवासीहरुलाई मान्यता नदिएका मुलुकहरुमा स्वतन्त्र पूर्व सुसूचित सहमति (एफपीक) लाई कसरी सम्बोधन गर्ने भन्ने सम्बन्धमा सवाल र चासोहरु ब्यक्त भएको थियो । ‘यि विषयहरुको कार्यन्वयनमा (रेडप्लस भित्र) ज्यादै ढिलाई देखिएकोछ, दुई बर्ष अघिकै अवस्थामा देखिन्छ’ सीआइएफओआरका महानिर्देशक फ्रान्सेस सेमोरले भने ।
राष्ट्रसघीय रेड कार्यक्रमले चार वटा प्रस्तुती गरेको थियो । राष्ट्रसघीय रेडका प्रमुख येमी कतेरेरेले वन कार्वन साझेदारी सुविधाका वेनोइट बोस्कुटसग सयुक्त रुपमा ‘रेडप्लस बहुपक्षीय सोचमा दीर्घकालिन तत्वहरु’ बिषयमा प्रस्तुती दिएका थिए । जसमा सस्थागत ब्यबस्थापनका कुराहरुमा जोड दिइएको थियो । त्यसमा शासकीय पक्ष, स्वामित्व र लैगिक विषयहरुको सम्बोधनका साथै राष्ट्रीय रेडप्लसको तयारी र कार्यन्वयनको लागि उच्चतहको राजनीतिक ईच्छा शक्तिको आवश्यकता औल्याइएको थियो । यूएनडीपीका नीति तथा प्राविधिक सैद्धान्तिक सल्लाहकार टीम क्लारिसले एफपीएफ साझेदारका लागि वातावरणीय तथा सामाजिक सुरक्षा विषयमा प्रस्तुती दिएका थिए । उनले यूएनडीपीको वातावरणीय तथा सामाजिक सुरक्षा मापदण्डलाई विश्व बैकले पनि स्वीकार गरेको बताएका थिए ।
कार्यक्रमकै समानान्तर छलफलमा यूएनडीपीका क्षेत्रीय प्राविधक सयोजक जोसेफ गारीले स्वतन्त्र पूर्व सुसूचित सहमतिको प्रकृयालाई कगोमा कसरी प्रयोग गरिएको छ भन्ने कुरा जानकारी दिदै आउँदा दिनमा थप ठोस ढगले काम गरिने अपेक्षा राखेका थिए । यूएनडीपीकै बरिष्ठ प्राविधिक सल्लाहकारले भने वनको अनुगमनमा भियतनामका स्थानीय समुदायको सहभागितालाई उल्लेख गर्दै सहभागितामूलक कार्वन अनुगमनका बारेमा प्रस्तुती दिएका थिए ।
नर्वेका वन तथा जलवायु परिवर्तन सम्बन्धी राजदूत हन्स ब्रात्सकरले हरेक दुई बर्षमा ओस्लो रेड एक्सचेञ्जको आयोजना गर्ने लक्ष्य रहेको उल्लेख गर्दै कार्यक्रमको समापन गरेका थिए ।
स्रोत: यूएन रेड/न्यूजलेटर (अनौपचारिक अनुवाद नेफिन सीसी रेड कार्यक्रम नेपाल)
प्रतिक्रिया दिनुहोस
हामीलाई फेसबुकमा लाइक गर्नुहोस