राष्ट्रिय संयोजक शेपा महिलाहरुको पृथ्वी र जलवायु अन्तराष्ट्रिय सम्मेलनमा सरिक

Share It

काठमान्डौ ––नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन साझेदारी कार्यक्रमका राष्ट्रिय संयोजक पासाङ डोल्मा शेर्पाले गत असोज ४ देखि १४ सम्म  अमेरिकाको न्युयोर्क सहरमा आयेजित विश्वभरिका महिलाहरुको प्रथम अन्तराष्ट्रिय जलवायु सम्वन्धी विश्व सम्मेलनमा भाग लिनु भयो। महिलाहरुको पृथ्वी र जलवायु अन्तराष्ट्रिय सम्मेलन नामक सो चार दिने भेलामा ३५ देशवाट छानिएका १०० जना महिला अगुवाहरुले भाग लिएका थिए।

विश्वब्यापी रुपमा बढ्दो जलवायु परिवर्तनको चुनौतीलाई सम्वोधन गर्न आवश्यक उपायहरु कार्यान्वयन गर्न महिलाहरुको महत्वपुर्ण भुमिका हुने हुँदा विश्वका महिलाहरुलाई उनिहरुको प्रतिनिधी मार्फत एक ठाँउमा ल्याउनु उक्त सम्मेलनको उद्देश्य थियो।

जलवायु परिवर्तनको सवैभन्दा प्रत्यक्ष प्रभाव महिलाहरुमाथि पर्ने जनाउँदै शेर्पाले भन्नुभयो,  “जलवायु परिवर्तनले गर्दा पानीका स्रोतहरु सुक्दै छन्। महिलाहरुले पानीको निम्ती टाढा टाढा जानु परिरहेको छ। घाँस दाउरा ल्याउन धेरै समय र श्रम खर्चिनु परेको छ।”

लैङ्गिक उत्तरदायि जलवायु परिवर्तन सम्वन्धी नीति र कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नका निम्ति साझा आवाज उठाउन  पहिलो पटक विश्का महिलाहरु मञ्चमा आएको वताउँदै आफुले उक्त सम्मेलनमा समुदायमा महिलालाई असर गर्ने वातावरणिय सरोकारका विषयहरु र प्राकृतिक स्रोत ब्यवस्थापन र ज्ञान स्रोत हस्तान्तरणमा महिलाहरुको भुमिका संग गाँसिएको मुद्दाहरु उठाएको वताउनुभयो।

जलवायु परिवर्तनको वहसमा लैङ्गिक मुद्दा प्रवेश गरेको केहि वर्ष मात्र भएको पति उहाँले जनाउनुभयो। शेर्पा लामो समयदेखि जलवायु परिवर्तन सम्वन्धी राष्ट्रिय र अन्तराष्ट्रिय वार्ताहरुमा संलग्ने हदै आउनुभएको छ।

उक्त सम्मेलनले लैङ्गिक र पर्यावरणीय न्यायको निम्ति महिलाहरुको जलवायु परिवर्तन सम्वन्धी कार्यसुचि तयार पार्‍यो। उक्त कार्यसुचिको उद्देश्य वढ्दो विश्वब्यापी जलवायु परिवर्तनलाई सम्वोधन गर्न आवश्यक ठोस कदम चाल्न, आर्थिक कोष खडा गर्न र नीति परिवर्तनको निम्ति पहल गर्नु थियो।

सहभागी महिला प्रतिनिधीहरुले किस्टोन एक्सएल पाइपलाइनले जस्तो कार्बन उत्सर्जन गर्ने परियोजना समस्त उत्तर अमेरिकामा नै नभएको जिकिर गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पाईपलाइर्न प्रस्ताव अस्विकार गर्न आवहान गर्दै एउटा पत्रमा हस्ताक्षर गरे।  क्यानाडाबाट पाइपलाइनबाट कच्चा तेल ल्याउन प्रस्ताव गरिएको उक्त परियोजना अमेरिकाको उर्जा सुरक्षाको लागि महत्वपुर्ण भौतिका संरचनाको रुपमा हेरिएको छ।

जलवायु सप्ताह र संयुक्त राष्ट्रसंघीय महासभाको जलवायु परिवर्तन सम्वन्धी गठित अन्तरदेशीय समिति ९आईपीसीसी० द्धारा सार्वजनिक गर्ने भनिएको उसको चौथो मुल्याँकन रिपोर्ट प्रकाशनको पुर्वसन्ध्यामा यस सम्मेलन आयोजना गरिएको थियो। अन्य सहभागीहरुमध्ये संयक्त राष्टसंघीय जलवायु परिवर्तन सम्बन्धि खाका महासन्धी ९यूएनएफसीसी० का कार्यकारी सचिव क्रिष्टिना फिग्वेर्स, ब्राजिलका पूर्व वातावरण मन्त्री मरिना सिल्भा, थाइल्या48डका पुर्व राष्ट्रपति मेरी रोविन्सन, संयुक्त राष्ट्रसंघिय शान्तिदुत डा. जेन गुडाल, नोवेल पुरस्कार विजेता जोडी विलियम्स आदि हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस

हामीलाई फेसबुकमा लाइक गर्नुहोस

  • सबस्क्राइब न्यूजलेटर

  • हाम्रो मासिक न्यूजलेटर सबस्क्राइब गर्नुहोस