हाम्रो बारेमा

नेपाल आदिवासी जनजाति महासंघ ५९ वटा नेपाली आदिवासी जनजाति समुदायको छाता संगठन हो । महासंघले २०४७ सालमा स्थापना भएदेखि नै निरन्तर रुपमा आदिवासी जनजातिहरुको सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनीतिक अधिकार प्राप्तीका लागि लड्दै आएको छ ।
आदिवासी जनजातिहहरुको अन्तराष्ट्रिय कार्य समुह (IWGIA), एसियाका आदिवासी मञ्च (AIPP) र नीति अध्ययन तथा शिक्षाका लागि अन्तराष्ट्रिय केन्द्र (TEBTEBBA) संग साझेदारी गर्दे जलवायु परिवर्तन र रेडप्लस (वन फडानी तथा विनासवाट हुने कार्वन उत्र्सजनको कटौती) कार्यक्रममा आदिवासी जनजातिहरुको अधिकारको संरक्षण, उनीहरुको प्रभावकारी सहभागिता र उचित लाभ सुनिश्चित गराउनका लागि महासंघले काम गर्दे आएको छ । जिल्ला समन्वय परिषद् र गाँउ समन्वय परिषद्संगको समन्वयमा महासंघले यो कार्यक्रम कार्यन्वयन गरिरहेको छ ।

कार्यक्रमको लक्ष्य

वनको दिगो संरक्षणमार्फत् कार्वन उत्सर्जन कटौती गरिने रेड रणनीतिको तर्जुंमा तथा कार्यन्वयनमा आदिवासी जनजातिहरुको हक अधिकार स्थापित गराउने ।

कार्यक्रमको उद्देश्य

  •     राष्ट्रिय रेड रणनीति निर्माणको प्रक्रियामा सक्रिय सहभागी गराउन जलवायु परिवर्तन र रेड सम्वन्धमा आदिवासी जनजातिहरुमा सचेतना तथा क्षमता अभिबृद्धि गराउने ।
  •     सरकारी अधिकारीहरुलाई रेड रणनीतिमा समानता, सामाजिक न्याय तथा गरिवी निवारणका साथै आदिवासी जनजातिहरुको आवश्यक्ता र अधिकारहरुलाई पनि समावेश गराउनका लागि सचेत गराउने ।
  •     आदिवासी जनजाति समुदायमा आधारित वन जंगल संरक्षणको विधिलाई सवल बनाउने ।
  •     रेड रणनीति अन्तर्गत सरकार, दाताहरु तथा कम्पनीहरुलाई समुदायमा आधारित वन जंगलको दिगो संरक्षण तथा व्यवस्थापनमा आधारित साझेदारीको विकास गराउने।

 

Share It
  • सबस्क्राइब न्यूजलेटर

  • हाम्रो मासिक न्यूजलेटर सबस्क्राइब गर्नुहोस